पूर्वाञ्चल विश्वविद्यालयको सभाद्वारा एक अर्ब ७० करोडको बजेट स्वीकृत

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको मंगलबार सम्पन्न ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार बराबरको बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको सभामा रजिष्ट्रार प्राडा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो ।

सभाले उपकुलपति प्राडा बिजुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ । विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित ‘एमबीबीएस’ कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखेको छ ।

प्रधानमन्त्री एवं कुलपति ओलीको तत्परतामा नयाँ आर्थिक वर्ष प्रारम्भ हुनुपूर्व नै सबै विश्वविद्यालयका सभा आयोजना भई बजेट स्वीकृतिको क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *