घुसकाण्डमा मुछिएका मन्त्रीलाई पक्राउ गर्न राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका मन्त्री राजकुमार गुप्तालाई पक्राउ गरी छानबिन गर्न माग गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर छानबिन गर्न माग गरेका हुन् ।

उनले बहालवाला मन्त्रीले घुस डिल गरेको अडियो सार्वजनिक हुने बेलासम्म छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग के हेरेर बसेको छ भन्ने प्रश्न गरे ।

उनले भने, ‘मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छ? । मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानबिन गरियोस्। त्यतिमात्रै होइन, अन्य मन्त्रीहरूको पनि नाम आएको छ। उनीहरूको पनि छानबिन गरियोस्।’

त्यस्तै उनले सरकार भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै आक्रोश पोखे । उनले भने, ‘पहिलेपहिले एउटा चलन थियो । ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू । तर अहिले भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु भन्ने अवस्था आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *