काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य पात्र विजय बरालको कोरिया सपनालाई देखाइएको छ ।
कोरिया जान भन्दै काठमाडौं पुगेपछि आफ्नै गाउँलेले गरेको ठगी टिजरमा देख्न सकिन्छ । टिजरमा विजयसँगै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतलाई देख्न सकिन्छ । ‘जनै हराएको मान्छे’लाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका छन् ।