काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक संजालमार्फत कोइरालाले मन्त्रीक्वाटरमा विहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्ने तर मन्त्रीलाई बर्खास्त नगरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
उनले भनेका छन्, ‘यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।’