काठमाडौँ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेको कार्यदलले सोमबार गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष प्रतिवेदन बुझाएको हो ।
गभर्नर पौडेलले एक महिनाअघि राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझावका लागि कार्यदल गठन गरेका थिए । कार्यदलले गत मंगलबार असार २४ मा प्रारम्भिक प्रतिवेदन बुझाएकामा सोमबार अन्तिम प्रतिवेदन बुझाएको हो ।