नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा ३२ खेलाडी, आदिलको कम्ब्याक

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रीय छनोट प्रतियोगिताको तयारीका लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले बोलाएको अन्तिम ३२ टोलीमा आदिल अन्सारीपनि रहेका छन् ।

क्यानले बोलाएको प्रारम्भिक टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम सार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रूपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, मोहमद आदिल आलम, पवन सर्राफ, शेर मल्ल, शुभ कंसाकार र अर्जुन घर्ती रहेका  छन्।

स्पट फिक्सिङ प्रकरणबाट सफाइ पाएका मोहमद आदिल आलमपनि टोलीमा अटाएका छन् । टी-२० विश्वकप छनोट ८ अक्टोबरदेखि १७ अक्टोबरसम्म ओमानमा हुँदै छ ।

यस टोलीमा र स्कटल्याण्ड सिरिजका लागि टिममा नपरेका खेलाडी कुशल मल्ल क्याम्पमा बोलाइएका छन् जहाँ उनलाई  फेरि टिममा पुनरागमनको मौका बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *