काठमाडौं । साफ यु-२० महिला च्याम्पियनसिप अन्तर्गत आज हुने खेलमा नेपालले घरेलु टोली बंगलादेशको सामना गर्दैछ । बसुन्धरा किङ्स एरिनामा हुने खेल नेपाली समयअनुसार बेलुकी ७:१५ बजे शुरू हुनेछ ।
नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले भूटानलाई ६–१ गोललेपराजित गरेको थियो । यता बंगलादेशलेपनि आफ्नो पहिलो खेलमा बंगलादेशलाई ९–१ गालले हराएको थियो ।
दुवै टोलीको समान तीन/तीन अंक जोड्दै तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, भूटान र श्रीलङ्काको सहभागिता रहेको प्रतियोगिता डबल राउन्ड–रोबिनको आधारमा हुने हुनेछ ।
लिग चरणमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । नेपालले अब असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग र साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।