काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जानकारी दिएको छ ।
खेलाडीले आफ्नो इच्छाअनुसार ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्नेछन् । पहिलो संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले यो वेबसाइटमा गएर नाम दर्ता गर्न सक्ने क्यान प्रवक्ता लामाले बताएका छन् ।