बाबुरामको प्रस्तावः नेताहरू फुटेकाले माओवादी आन्दोलन कमजोर भयो, फेरि एकजुट होऔं

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादी घटकहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले भट्टराईले नेताहरुको फुटले आन्दोलन कमजोर भएको र फेरि एक भए ठीक हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘माओवादी आन्दोलनसँग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका साथीहरूवीच एउटा सोच पछिल्लो चरणमा निकै झांगिदै गएको प्रतीत हुन्छ– ‘नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो । त्यसैले सबै जना फेरि एकजुट हुनसके सबैथोक ठीक हुन्छ।’

उनले माओवादी आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘एक्काइसौं शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको विश्वका नयाँ अर्थ–राजनीतिक अन्तरविरोधहरू र भर्खरै किनारा पुँजीवादको चरणमा प्रवेश गरेको र भूमण्डलीकृत पूँजीवादको सांग्लोमा बाँधिदै गएको नेपालका समस्याहरू हल गर्न हिजोको ‘माओवाद’को वैचारिक–राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन। पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार,दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ। त्यसनिम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता–कार्यकर्ताहरूले सिर्जनशील ढंगले सोच्न र पहल लिन जरूरी छ। विगतका कम्युनिष्ट सत्ततहरू किन ढले? संसदीय कम्युनिज्म किन लोप हुँदै गैरहेछ ? तिनको वस्तुनिष्ठ ढंगले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो। केही समयदेखि हामीले पैरवी गर्दै आएको नयाँ शक्ति अभियानको औचित्य र मर्म त्यही हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *