पेरिस । फ्रान्सकी प्रथम महिला ब्रिगिट म्याक्रोँंविरुद्ध मानहानीको आरोप लागेका दुई महिलाविरुद्ध लगाइएको सजाय फ्रान्सको एक अदालतले उल्टाइदिएको छ ।
गत वर्षको सेप्टेम्बरमा तल्लो अदालतले ती दुई महिलालाई ब्रिगिट म्याक्रोँलाई आठ हजार युरो र भाइलाई पाँच हजार युरो (पाँच हजार ५०० डलर) क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।
तर पेरिसको पुनरावेदन अदालतले बिहीबार उनीहरूलाई ‘नाबालिगलाई हुर्काएको’ झुटो दाबीसहित ‘असल नियतले’ गल्ती गरेको भन्दै रिहा गरेको थियो ।
प्रतिवादीहरूले अब हर्जाना तिर्नु पर्ने छैन। अदालतले थप स्पष्टीकरण भने दिएको छैन । अर्को एक मुद्दामा प्रथम महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा चार जना पुरुषलाई अक्टोबरमा पेरिसको अदालतमा उपस्थित गराइने भएको छ ।
म्याक्रोँंको लैङ्गिकताको बारेमा भ्रामक जानकारी वर्षौंदेखि सामाजिक सञ्जालमा फैलिरहेको छ। राष्ट्रपति इमानुएल म्याक्रोँंसँग २४ वर्षको उमेरको अन्तरको बिषय पनि उनीमाथिको आलोचनाको बिषय भएको छ ।
फ्रान्सकी प्रथम महिला (फस्र्ट ल्याडी) ७२ वर्षीया ब्रिगिटको पहिलो नाम ट्रोग्नेक्स हो भने उनका एक भाइ छन् जसको नाम जाँ मिशेल हो ।
दुई महिलाले एक युट्युब भिडियो पोस्ट गर्दै उनीविरुद्ध लैङ्गिक अफबाह फैलाएपछि ब्रिगिट म्याक्रोँले सन् २०२१ को डिसेम्बरमा उनीहरूविरूद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् ।
उक्त भिडियोमा प्रतिवादी अमान्डाइन रोयले स्वघोषित स्वतन्त्र पत्रकार नाताचा रेसँग उनको युट्युब च्यानलमा चार घण्टा अन्तरवार्ता लिएका थिए ।
उक्त भिडियोमा रेले ‘राज्यस्तरबाट झूट’ र ‘घोटाला’ भएको दावी गर्दै जाँ मिशेल ट्रोग्नेक्सले ब्रिगिट बन्नको लागि लिङ्ग परिवर्तन गरेको र त्यसपछि राष्ट्रपति इम्यानुयल म्याक्रोसँग विवाह गरेको दाबी गरेका थिए ।