काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को फ्रेन्चाइजी काठमाडौं गुखार्जले मोन्टी देसाईलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौंले बिहीबार सामाजिक सञ्जालबाट मोन्टीलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

मोन्टीले सन् २०२३ देखि दुई वर्ष नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । उनको प्रशिक्षणमा नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकप प्रतियोगिता खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *