काठमाडौं । गायिका कोमल वलीले नयाँ तीज गीत ल्याएकी छिन् । वलीले ‘सुनिदेऊ शिव’ बोलको तीज ल्याएकी हुन् । गीतको शब्द, संगीत र स्वर उनको आफ्नै छ।
विनोद बाजुराली म्युजिक एरेन्जर रहेको गीतलाई खडक बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका हुन् । उनले यसअघि ल्याएको ‘पोइला जान पाम’ ले निकै चर्चा कमाएको थियो ।