दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’

काठमाडौं । दुर्गेश थापाले सिसन बानियाँसँग सहकार्य गरेको नयाँ गीत ल्याएका छन् । दुर्गेशले ‘जाने भए जाम माया’ गीत ल्याएका हुन् ।

गीतको भिडियोमा दुर्गेश र सिसनसँगै गुँरास नानी फिचर्ड छिन् । गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेश स्वयंको हो । स्वरमा पनि दुर्गेश र सिसनले सहकार्य गरेका छन्।

साथमा अल्हाजी गेरोले समेत यसमा स्वर दिएका छन् । भिडियोमा शिव बिकको कोरियोग्राफी तथा निर्देशन छ । त्यस्तै हरि हुमागाईं र टिमको छायाँकन र मिलन विश्वकर्माको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *