बग्न थाल्यो पहिरोले थुनिएको म्याग्दी नदी

म्याग्दी । म्याग्दीको धवालागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु गरको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजग रहन अपील गरेको छ ।

धवालागिरी गाउँपालिकाले सूचना जारी गर्दै म्याग्दी खोला थुनिएको र खोलामा पानीको बहाव बढेकोले सतर्क रहन आग्रह गरेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरो थुप्रिदा बुधबार दिउँसो करिब एक घण्टा आंशिक रुपमा म्याग्दी नदी थुनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *