थाई एयरवेजबाट आएका विदेशी नागरिकको साथबाट साढे ६ किलो सेतो हेरोइन बरामद

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण व्यूरोको टोलीले थाई एयरवेजबाट आएका भारतीय नगारिक ६५ वर्षीय राकेश वहाबलाई गएराति ११ बजे नियन्त्रणमा लिएको हो ।

शंका लागेपछि जाँच गर्दा उनको लगेज भित्र लुकाई राखिएको अवस्थामा ६.५ किलोग्राम सेतो हेरोइन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पक्राउ गरी लागू औषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *