टेक्सास बाढीमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

बीबीसी । अमेरिकाको टेक्सासमा आएको भीषण बाढीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १५ जना बालबालिका छन् ।

उद्धार टोलीहरूले हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी राखेका छन् । क्यार काउन्टीका शेरिफ ल्यारी लिथाले भने, ‘खोजी कार्य जारी छ, र सबैलाई भेटिएपछि मात्र अन्त्य हुनेछ।’

दुई रातदेखि जारी खोजी अभियानमा सयौं उद्धारकर्मी खटिएका छन् । ग्वाडालुपे नदी किनारमा रहेको एक क्रिश्चियन यूथ क्याम्पबाट २७ बालबालिका अझै हराइरहेका छन् । केही अभिभावकहरूले सामाजिक सञ्जालमार्फत आफ्ना बालबालिकाको मृत्यु पुष्टि गरेका छन् ।

हालसम्म करिब ८५० जनाको सकुशल उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार स्थानीय प्रशासनसँग मिलेर उद्धार तथा राहत कार्यमा सक्रिय रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *