एलन मस्कले खोले नयाँ दल

बीबीसी । विश्वकै धनी व्यक्ति एलन मस्कले नयाँ दल खोलेका छन् । सामाजिक सञ्जाल ‘एक्स’मार्फत उनले आफ्नो पार्टीको नाम ‘द अमेरिका पार्टी’ राखिएको जानकारी दिएका छन् । रा

ष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध बिग्रेपछि मस्कले आफ्नै राजनीतिक दल घोषणा गरेका हुन् । मस्कले पार्टीको उद्देश्य अमेरिकी दुईदलीय व्यवस्थालाई चुनौती दिनु रहेको स्पष्ट पारेका छन् । मस्कले लेखेका छन्, ‘आज, अमेरिका पार्टी गठन गरिएको छ — तपाईंलाई तपाईंको स्वतन्त्रता फिर्ता दिन।’

मस्क हालैसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी थिए। उनले २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पको पक्षमा करिब २५० मिलियन डलर बराबरको सहयोग गरेका थिए।

निर्वाचनपछि ट्रम्प प्रशासनले उनलाई संघीय बजेट र जनशक्ति कटौती गर्न जिम्मेवारी दिँदै सरकारी कार्यक्षमता विभाग (डज) को नेतृत्वमा नियुक्त गरेको थियो ।

तर राष्ट्रपति ट्रम्पको विशाल खर्च योजनालाई लिएर दुवैबीच मनमुटाव सुरु भयो। मस्कले योजनाले अमेरिकाको ऋण वृद्धि हुने चेतावनी दिएका थिए र विधेयकमा मतदान गर्ने सांसदहरूलाई पराजित गर्न ‘जस्तोसुकै प्रयास गर्ने’ घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *