कराँची । पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। शनिबार अपरान्ह् भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन्।
कराचीको लियारीस्थित बग्दादी क्षेत्रमा छ तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो। उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्।
कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन्।
कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरे। आठ जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नगरप्रमुख मुर्तजा बहाबले जानकारी दिए। घाइतेमध्ये छ जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ।
नगर प्रमुखले भने, उद्धार कार्य अझै जारी छ। टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेकासुनिश्चित नहुँदासम्म काम गरिरहने छन्।’