उज्वेकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल ३-१ गोलले पछाडि

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत घरेलु टोली उज्वेकिस्तानविरुद्ध जारी निर्णायक खेलमा नेपाल पछाडि परेको छ । तास्केन्तस्थित बुन्योदकोर रंगशालामा जारी खेलको पहिलो हाफको समाप्तिमा नेपाल ३-१ गोलले पछाडि परेको हो ।

खेलको दोस्रो मिनेटमै पहिलो गोल बेहोरेको नेपालले ११ औँ मिनेटमा दोस्रो गोल बेहोरेको थियो । २४ औँ मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर ३९ औँ मिनेटमा उज्वेस्कितानले पेनाल्टीमा गोल गर्दै फेरी खेलमा अग्रता दोब्बर बनायो ।

पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तान १० खेलाडीमा समेटिएको छ । दोस्रो हाफ केहिबेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *