काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत केहिबेरमा घरेलु टोली उज्वेकिस्तानविरुद्ध हुने निर्णायक खेलको लागि नेपालको शुरुवाती ११ घोषणा भएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले सावित्रा भण्डारीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेका छन् ।
मुख्य प्रशिक्षक प्याट्रिकले आजको खेलमा एक परिवर्तन गरेका छन् । श्रीलंकाविरुद्धको खेलमा शुरुवाती ११ मा रहेकी प्रीति राईको स्थानमा डिफेन्डर पूजा रानाले मौका पाएकी छिन् ।
समूह ‘एफ’ मा रहेका दुवै टोलीको लागि आजको खेल ‘गर या मार’को स्थितिमा रहेको छ । दुवै टोलीले यसअघिको दुई खेलमा जित निकाल्दै समान ६/६ अंक जोडेका छन् । आजको खेलमा विजयी हुने टोली एसिया कपमा छनोट हुनेछ ।
नेपालको शुरुवाती ११ :- अन्जना राना मगर(गोलरक्षक); समिक्षा केसी, गीता राना, निशा ठोकर, पूजा राना; सरस्वती हमाल, सविता राना मगर, रेनुका नगरकोटी, अनिता बस्नेत; सावित्रा भण्डारी(कप्तान), रश्मी कुमारी घिसिङ