काठमाडौं । गायिका एलिना चौहानले तीज गीत ल्याएकी छन् । एलिनाले ‘पृथ्वी छोडेर’ बोलको गीत ल्याएकी हुन् । गीतमा एलिनासँगै गायिकाहरू समीक्षा अधिकारी र मेलिना मैनालीको स्वर छ ।
गीतले छोरी–बुहारी, छोरा–छोरीमा गरिने विभेद विरूद्धको आवाज बोल्छ । गीतमा शब्द डीपी खनालको छ भने संगीत दीपक शर्माको हो ।
एचबिएन किस्मतले संगीत संयोजनको काम गरेका छन् । भिडियोमा एलिना, समीक्षा र मेलिना स्वयंमका साथमा स्मारिका ढकाल, रूबिना अधिकारी र टिका जैसीले नृत्य गरेका छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी शंकर बिसीले गरेका हुन् ।