काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीका तर्फबाट सरकारमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनेछन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्तिले पहिले प्रदेश सरकार छाडेको थियो । शनिबार बसेको बैठकले केन्द्र सरकार पनि छाड्ने निर्णय गरेको हो ।