फाइनलमा नेपालविरुद्ध सिंगापुर टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । एसीसी पुरुष मेन्स यु-१६ इस्ट जोन कप २०२५ अन्तर्गत केहिबेरमा शुरु हुने फाइनल खेलमा नेपालले टस हारेको छ । युएसडी युकेएम ओभलमा हुने खेलमा सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाल अपराजित रहँदै चौथोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । पछिल्लोपटक नेपालले सन् २०२३ मा प्रतियोगिताको उपाधि जितेको थियो । नेपाल जारी प्रतियोगितामा अपराजित रहेको छ । पहिलो खेलमा सिंगापुरलाई  ६ विकेटले हराउँदै प्रतियोगिताको शुरुवात गरेको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो ।

यस्तै तेस्रो र चौथो खेलमा क्रमश इन्डोनेसियामाथि २ सय ७० र भुटानममाथि २ सय ९८ रनको फराकिलो जित निकालेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले पाखा लगाएको थियो ।

यता सिंगापुरले पनि नेपालसँगको खेल बाहेक सबै खेल आफ्नो पक्षमा पारेको छ । सिंगापुर आज लिगचरणको खेलमा भोगेको हारको बदला लिँदै उपाधि उचाल्ने दाउमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *