यु-१६ इस्ट जोन कप: उपाधिको लागि भोलि बिहान नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यु-१६ इस्ट जोन कपको उपाधिको लागि भोलि साविक विजेता नेपाल र सिंगापुर भिड्दैछन् । फाइनल खेल भोलि(शनिबार) बिहान नेपाली समय अनुसार ७:४५ बजे शुरु हुनेछ ।

नेपाल अपराजित रहँदै चौथोपटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । पछिल्लोपटक नेपालले सन् २०२३ मा प्रतियोगिताको उपाधि जितेको थियो । नेपाल जारी प्रतियोगितामा अपराजित रहेको छ । पहिलो खेलमा सिंगापुरलाई  ६ विकेटले हराउँदै प्रतियोगिताको शुरुवात गरेको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो ।

यस्तै तेस्रो र चौथो खेलमा क्रमश इन्डोनेसियामाथि २ सय ७० र भुटानममाथि २ सय ९८ रनको फराकिलो जित निकालेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले पाखा लगाएको थियो ।

यता सिंगापुरले पनि नेपालसँगको खेल बाहेक सबै खेल आफ्नो पक्षमा पारेको छ । सिंगापुर भोलि लिगचरणको खेलमा भोगेको हारको बदला लिँदै उपाधि उचाल्ने दाउमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *