बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

दोधारा चाँदनी (कञ्चनपुर) ।भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो ।

शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *