स्वास्थ्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा सुधार आएपछि मन्त्री पौडेल शुक्रबार वीर अस्पतालबाट उपचारपछि घर फर्किएका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिए

अस्पतालका निर्देशक प्रा डा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो ।

मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *