रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने सईलाई तानियो प्रधान कार्यालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्ने नेपाल प्रहरीका सई कमल खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।रास्वपाले रविमाथि पूर्वाग्रही तरिकाले सरकारले दुःख दिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ ।

नेपालगन्जमा कार्यरत ट्राफिक सई खड्काले रविको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसपछि उनलाई प्रधान कार्यालय तानिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन् ।

संगठनको नीति निर्देशनविपरीत कार्य गरेको सूचनाका आधारमा प्रधान कार्यालय बोलाइएको घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *