नयाँ नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूले पेन्सन नपाउने भएका छन् । कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको हो ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

सरकारले २०७५ देखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गरेको थियो । तर कतिपय बोर्ड, संस्थान, समितिलगायतमा पेन्सनको सुविधा कायमै छ । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *