एमालेमा अन्तरसंघर्ष चर्कियोः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले भ्रष्टाचार गरेको तथ्य प्रमाण प्रस्तुत भए जुनसुकै बलिदान गर्न तयार भएको बताएका छन् ।

शुक्रबार पार्टीको विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कसैले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गर्ने हो भने जुनसुकै बलिदान गर्न पनि तयार रहेको बताएका हुन् ।

उनले भने, ‘यो धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस् जुनसुकै बलिदान गर्न पनि तयार छु ।’

उनले जीवनमा चुनौतीहरुको सामना गर्ने आँटका साथ अगाडि बढ्नुपर्ने भन्दै अनुशासन, नियम र विधिको शासनमा अगाडि बढ्ने बताए । कुभलो चिताउने, कुभलो गर्ने व्यक्तिवाद प्रवृत्तिलाई पराजित गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।

फरक प्रसंगमा अध्यक्ष नेपालले एमालेमा अन्तरसंघर्ष चर्किएको बताए । उनले यो अन्तरसंघर्षले एमालेको भविष्य के हुने भन्ने अहिले नै भन्न नसकिने बताए । उनले भने, ‘अब त्यसको भविष्य के हुने हो ? त्यति सजिलै गरी भन्न सकिने अवस्था छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *