खोटाङको रावाबेँसीबाट एक करोड हाराहारीको लिची बिक्री

खोटाङ । खोटाङको  रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब ४ करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । ६ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ ।

कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा ८ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ । आफूले ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए । उनले प्रतिदाना १ रुपैयाँमा बिक्री गगेका हुन्।

सोही स्थानका खड्गप्रसाद रेग्मीले ४५ हजार रुपैयाँकाका लिची बेचिसकेका छन् । केही किसानले १ लाख रुपैयाँ भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए । रावाबेँसीका किसानले लिचीबाट यसपटक ९५ लाख रुपैयाँ हाराहारी आम्दानी गरेका उनको अनुमान छ ।

रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *