काठमाडौं । एएफसी यू–२३ कप एसियन छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा ८९ खेलाडी परेका छन् । बिहीबार राष्ट्रिय यू–२३ टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाएका हुन् ।
प्रतियोगितामा नेपाल समूह ‘के’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् । नेपालले सेप्टेम्बर ३ मा ताजकिस्तान खेल्दै छनोटको शुरुवात गर्नेछ । त्यसपछि सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।
प्रारम्भिक चरणमा परेका ८९ खेलाडीको सूची