यु-१६ इस्ट जोन कपको उपाधिको लागि नेपाल र सिंगापुर भिड्ने

काठमाडौं । मलेसियामा जारी एसीसी पुरुष यु-१६ इस्ट जोन कप २०२५ को उपाधिको लागि नेपाल र सिंगापुर भिड्ने भएका छन् । बिहीबार दिउँसो भएको सेमिफाइनल खेलमा नेपाल र सिंगापुर विजयी हुँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

फाइनल खेल बान्गीको युएसडी युकेएम ओभलमा शनिबार हुनेछ । नेपालले आज भएको पहिलो सेमिफाइनल खेलमा मलेसियामाथि ९ विकेटको सहज जित निकालेको थियो भने सिंगापुरले हङकङ,चीनलाई ४ विकेटले हराएको थियो । पराजित मलेसिया र हङकङ,चीनले शनिबारनै क्वालालम्पुरमा तेस्रो स्थानको लागि खेल्नेछन् ।

यसअघि लिगचरणको खेलमापनि नेपाल र सिंगापुर आमने-सामने भएका थिए । उक्त खेलमा नेपाल विजयी भएको थियो । नेपाल लिगचरणको सबै ४ खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो भने सिंगापुरले समान खेलबाट ६ अंक जोड्दै समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *