काल्पनिक विद्यालय खडा गरी भवन निर्माणका नाममा भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । डोल्पामा विद्यालय भवन नै निर्माण नगरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा चार जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढाविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुले काल्पनिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *