बल्छी धुर्बेको निर्देशनमा चलचित्र ‘गोबर गणेश’ निर्माण हुने

काठमाडौं । चलचित्र ‘गोबर गणेश’ निर्माण हुने भएको छ । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को निर्देशनमा ‘गोबर गणेश’ निर्माण हुने भएको हो । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन ।

टेलिचलचित्रबाट मरिचमानले सेतो पर्दामा उक्लिन लागेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।

यस मुख्य चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेका छन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *