काठमाडौं । नेपाली कांग्रेसले निजामती विधेयकमा समिति सभापति रामहरि खतिवडाको भूमिकामाथि प्रश्न उठाएको छ ।
बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद हृदयराम थानीले समिति सभापति खतिवडाले मनपरी गरेको आरोप लगाएका हुन् । उनले यस विषयमा संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।
उनले समिति सभापतिलाई यो प्रकरणको कोरटीमका बारेमा खुलाउन आग्रह गरेका छन् । उनले भने, ‘सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनुभयो , इमानदारीताकासाथ भन्नुस्, कोर टिममा को को छ ? तपाईं र सचिव सुरजकुमार दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ? कम्तीमा संसदीय समिति गठन हुनुपर्छ ।’
उनले सचिव दुराले निजामती विधेयकमा चलखेल गरेको आरोप लगाए । उनले सभापति खतिवडालाई कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।
One thought on “निजामती विधेयकमा खतिवडाको भूमिकामाथि कांग्रेसले उठायो प्रश्न”