काठमाडौं । महिलाको अश्लील फोटो तथा भिडियो बनाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला तथा पुरुषहरूसँग रकम लिइ भिडियो कलमार्फत अश्लील क्रियाकलापहरूमा सहभागी गराउने तथा महिलाको अश्लील सामग्री बनाइ बिक्री वितरण गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर घर भइ काठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने वर्ष २९ का रमेश थापा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले थापालाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता २०७४ को दफा १२१ बमोजिमको अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिए ।