ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ अघि बढ्यो, अन्तिम निर्णय अन्योलमै

बीबीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको आर्थिक एजेन्डाका लागि महत्त्वपूर्ण मानिएको बजेट विधेयक ‘बिग ब्यूटिफुल बिल’लाई शनिबार राति प्रारम्भिक मतद्वारा अघि बढाइएको छ ।

यो प्रस्तावले अब सेनेटमा औपचारिक बहसको ढोका खोल्नेछ । दुई रिपब्लिकन सांसद—केन्टकीका रेन्ड पोल र नर्थ क्यारोलिनाका थोम टिलिस—ले डेमोक्र्याट्ससँग मिलेर विधेयकको विपक्षमा मतदान गरे ।

शुक्रबार मध्यरातपछि सार्वजनिक गरिएको ९४० पृष्ठ लामो संशोधित संस्करण सार्वजनिक भएपछि सेनेट रिपब्लिकन नेताहरूले शनिबार दिनभर प्रारम्भिक मतदानका लागि कडा प्रयास गरेका थिए ।

विधेयकले ट्रम्पको ३.८ ट्रिलियन डलर बराबरको कर छुट विस्तार गर्ने प्रस्ताव गरेकाले यसको खर्च ब्यहोर्न सामाजिक सुरक्षा कार्यक्रमहरूमा कटौती गर्ने विषयमा रिपब्लिकनहरूबीच मतभेद देखिएको छ ।

सेनेटभित्रै विधेयकको अन्तिम रूप र खर्च सम्बन्धी बुँदामा अझै पनि विवाद कायम रहेकाले यसको पारित हुने अवस्था अन्योलपूर्ण छ। उपराष्ट्रपति जेडी भान्स सम्भावित टाइब्रेकरको भूमिकामा सेनेट भवन पुगे पनि अन्ततः नेताहरूले बहुमत जुटाउन उनको सहयोग नलिई समाधान निकाले ।

उता, डेमोक्र्याटहरूले विधेयकको विरोधमा प्रक्रिया लम्ब्याउने रणनीति अपनाएका छन्। सिनेट अल्पमत नेता चक शुमरले रिपब्लिकनहरूलाई झन्डै एकहजार पृष्ठ लामो विधेयक पढ्न बाध्य पार्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *