इन्डोनेसियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं  । मलेसियामा जारी एसीसी पुरुष यू-१६ इस्ट जोन क्रिकेट अन्तर्गत केहिबेरमा इन्डोनेसियाविरुद्ध हुने खेलमा नेपालले टस हारेको छ । क्वालालम्पुरमा हुने खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोहो ।

नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । यसअघि नेपालले सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ : विपिन प्रसाद शर्मा(कप्तान), शिवांश बाज्गाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, सचिन भट्ट, सुगन बुढाथोकी, सुयोग भट्टराई, शुभम खनाल, प्रशिद्ध जैशी, जोय थापा, रोशन शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *