काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेको भन्दै उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका हुन् ।
उनले गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेकोमा यसवर्ष नतिजामा सुधार आएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘एसइई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरुलाई हार्दिक बधाई ! यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ। गतवर्ष ४७.८६% प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी none graded रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरुले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ।’