एसइईको नतिजा प्रकाशित, जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।

शुक्रबार साँझ सार्वजनिक नतिजाअनुसार २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी चार लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ जीपएदेखि ४ जेपीएसम्म ल्याउने ४८ हजार १७७ जना, ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् ।

त्यसैगरी २.४ जिपिएदेखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने चार हजार १३६ जना र १.६ देखि २ जिपिए ल्याउने आठ जना परीक्षार्थी रहेका छन् । १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । एक लाख ६७ हजार ५९७ विद्यार्थी नतजिा अवर्गीकृत भएका छन् ।

परीक्षार्थीले बोर्डको वेबसाइट www.neb.gov.np बाट एसइईको नतिजा हेर्न सक्छन्। यस्तै, ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखेर पनि हेर्न सकिन्छ।

३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७

३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५

२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४

२.४ देखि २.८ जीपीए लयाउने ४८ हजार ४७९

२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६

१.६ देखि २ जीपीए ल्याउने ८ जना

१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ

अवर्गीकृत परीक्षार्थीको संख्या : १ लाख ६७ हजार ५९७

Leave a Reply

Your email address will not be published. Required fields are marked *