काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रतिशोध राखिएको भन्दै रास्वपाले चलाएको हस्ताक्षर अभियानप्रति प्रश्न उठाएको छ ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले रास्वपाले पार्टी स्थापना दिवसको अवसर पारेर सभापतिको पक्षमा हस्ताक्षर अभियान चलाइरहेको प्रति प्रश्न उठाएका हुन् । उनले प्रश्न गरेका छन्, ‘अदालतको निर्णयविरूद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला ?’
उनले सामाजिक संजालमा लेखेका छन्, ‘अदालतमा विचाराधीन विषयमा संसदमा त प्रश्न गर्न नपाईने संवैधानिक व्यवस्था छ भने, अदालतको निर्णय विरूद्ध सडकमा गरिएको प्रदर्शन र हस्ताक्षर अभियानले कस्तो न्याय प्रणाली स्थापित गर्ला ? के नेपाली जनताले खोजेको नयाँ शक्ति भनेको यस्तै नै हो ?? अनि हस्ताक्षर वुझाऊने कहाँ ? तत्पश्चात हस्ताक्षरका आधारमा कसले के निर्णय गर्ला ?’