काठमाडौं । काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप नेपालको सबैभन्दा ठूलो गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि काठमाडौँको सबैभन्दा बढी पर्यटकहरूले हेर्ने स्थान मध्ये एक रहेको छ।
विशेष गरी यस चैत्यको इतिहास प्राचीन तिब्बती बौद्ध सम्प्रदाय अथवा ञिङमा सम्प्रदाय साथ सम्बन्धित भएकोले यसको बारे ञिङमा सम्प्रदायको धर्म इतिहास तथा लेख रचना र ग्रन्थहरूमा व्याख्या गरिएको पाइन्छ ।
हेर्नुस् आकाशमा देखिने बौद्ध स्तुपको छायाँ
photo: Koshis Lobsang Waiba