भरतपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार आपसी सहमतिअनुसार नै अघि बढिरहेको बताएका छन् ।
शुक्रबार चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस–एमालेको सहमतिअनुसार नै सरकार अघि बढिरहेको बताएका हुन् ।
उनले दुई फरक दल भएकाले बेलाबखत असमझदारी हुनु सामान्य भएको बताए । उनले भने, ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वभाविक हो । तर सरकार समझदारीमै अगाडि बढिरहेको छ ।’