पूर्वराजाको ७९ औं जन्मदिनमा सर्वसाधारणका लागि निर्मल निवास खुला

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले असार २३ गते आफ्नो ७९ औं शुभजन्मोत्सब मनाउने भएका छन् । संवाद सचिवालयले विज्ञप्ति जारी गरी जन्मोत्सवका दिन जनचाहना अनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा पूर्वराजाबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो ।

त्यसदिन सबै शुभेक्षुक जनसमुदाय, संघसंस्था तथा आमनागरिकहरुका निम्ति बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुल्ला रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *