‘दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भु श्रेष्ठसँग २५ हजार धरौटी माग

काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा ‘दृष्टि न्युज’ अनलाइनका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग विशेष अदालतले २५/२५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

बिहीबार विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको बृहत इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

दृष्टि न्युजमा गत असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारले अदालतको अवहेलना गरेको भन्दै नवराज सापकोटासहित ५ जनाले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

असार ९ गते विशेषको बृहत् इजलासले सम्पादकसहित ३ जनालाई समाचार नहटाई ३ दिनभित्र बयानमा आउन आदेश दिएको थियो । बयानका क्रममा अध्यक्ष श्रेष्ठले विशेष संवाददाता नरहेको र उक्त सामग्रीको जिम्मेवारी कार्यकारी सम्पादकमा रहने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *