नेपालको पर्यटन प्रवर्द्धन गर्न पर्यटन व्यवसायीको टोली मानसरोवर तथा कैलाश यात्रामा

काठमाडौं । नेपाल पर्यटन विकास व्यवसायी संघको आयोजनामा एक प्रतिनिधिमण्डल मानसरोवर तथा कैलाश यात्रामा निस्किएको छ ।

ल्हासा, मानसरोवर तथा कैलाशको अवलोकन, अनुसन्धान तथा धार्मिक प्रतिनिधिमण्डल भ्रमणको नेतृत्व संस्थाका अध्यक्षअच्युत सिग्देलले गरेका छन् । यो भ्रमण असार २६ गते समापन हुनेछ । भ्रमणको उद्देश्य पर्यटन क्षेत्र तथा हस्तकला सम्बन्धि नेपालका विभिन्न पक्षहरू ती ठाउँमा प्रवर्द्धन  गर्नु रहेको छ ।

भ्रमणको दौरानमा ल्हासा तथा अन्य ठाउँमा विभिन्न व्यवसायीहरुसँग यहाँबाट गएको प्रतिनिधि– मण्डलसँग छलफल तथा गोष्ठीहरूको आयोजना गरिने संस्थाका अध्यक्ष सिग्देलले जानकारी दिए ।

भ्रमण दलमा संस्थाका उपाध्यक्ष भागवत सिंखडा, कोषाध्यक्ष राजु थपलिया, सदस्यहरु वासुदेव पाण्डे, राजकाजी महर्जन, राजन खनाल, चरन शर्मा, रामेश्वरप्रसाद ढकाल, उपेन्द्र पाठक, भेषराम गौतम, हरि कार्की तथा रामेश्वर महर्जन रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *