शेयर बजारमा गिरावट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ४.४५ अंकले घटेको छ । आज ३०६ कम्पनीको १ करोड ९६ लाख ५० हजार कित्ता सेयर ७ अर्ब ७८ करोड रुपैयाँमा कारोबार भएको छ ।

आज ग्रीन डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ९.१८ प्रतिशतले बढ्यो भने सप्तकोशी डेभलपमेन्टको ९ प्रतिशतले बढ्दा बरुण हाइड्रोपावरको ८.९३ र पिपुल्स हाइड्रोपावरको सेयर ७.१४ प्रतिशतले बढ्यो । ६२ करोड मूल्य बराबरको सेयर कारोबार गरी बुटवल पावर शीर्षस्थानमा रह्यो।

यसैगरी राधी विद्युतको ३९ करोड मूल्यको सेयर कारोबार हुँदा नगदी ग्रुपको ३२ करोड,सिंगटी हाइड्रोपावरको ३१ करोड र बरुण हाइड्रोपावरको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *