उपनिर्वाचन हुने क्षेत्रमा छुटेकालालाई मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरूलाई नाम दर्ता गराउन आग्रह गरेको छ ।

बिहीबार सूचना जारी गरी आयोगले निर्वाचनको मिति घोषणा भइसकेपछि दर्ता गराउन मिल्ने प्रावधान नभएकाले समयमै नामावली दर्ता गराउन आग्रह गरेको हो । २०७९ सालमा सम्पन्न निर्वाचनपछि विभिन्न कारणले रिक्त पदमा अयोगले छिट्टै नै उपनिर्वाचनको मिति घोषणा गर्दै छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका पदाधिकारीले रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल गरेका थिए ।

प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो । त्यस्तै, स्थानीय तहका केही वडाध्यक्षको पद पनि रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *