सलिनाको ‘प्रतीक्षामै’

काठमाडौं । गायिका सलिना बिकको स्वरमा ‘प्रतीक्षामै’ बोलको गीत सार्वजनिक भएको छ । सीमा ज्ञवालीको शब्द रहेको गीतमा राजेश कुमार श्रेष्ठको संगीत छ।

भिडियोमा मोडलद्वय सुधीर श्रेष्ठ र बिना राउतको अभिनय छ । सुरेश पाण्डेको निर्देशन तथा कलात्मक कोरियोग्राफी यसको भिडियोमा देख्न सकिन्छ । देव दोर्जे लामाको छायाँकन रहेको भिडियोमा अनन्त घिमिरेको सम्पादन छ ।

गर्भपतन हुनुमा महिलाको आफ्नो दोष नभइ उमेर, थाइराइड, पिसिओएस र वंशाणुगतजस्ता कारणहरूले असर पार्नसक्छन् र यसको उपचार र उपाय सम्भव छ भन्ने सन्देश गीतमा देखाउन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *