द्वारिकादेवी ठकुरानी क्रिकेटमा जानकीको कप्तानीमा टोली घोषणा

 

बैतडी । द्वारिकादेवी ठकुरानी  यु–१९  महिला  टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय  क्रिकेट प्रतियोगिताका लागि बैतडीको टोली घोषणा गरिएको छ ।

जानकी थापाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीले जानकारी दिए । टोलीमा करिश्मा थापा (उपकप्तान), ममता बोहरा (विकेटकिपर), रबिना बोहरा, पुनम मल्ल, तनुजा भण्डारी, रेश्मा विष्ट, सिमरन विष्ट, युविका भण्डारी, वर्षा भण्डारी, सोनिका ठगुन्ना, अमृता विष्ट, आकृति भण्डारी र आयुश्मा चन्द रहेका छन् । टोलीको प्रशिक्षकमा ऋतु कनौजिया र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरा रहेका छन् ।

कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको प्राविधिक सहयोगमा यही असार १२ गतेदेखि धनगढीको फाप्ला मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगितामा प्रदेशका आठ जिल्लाको टोलीको सहभागीता रहनेछ । प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले  एक लाख  पुरस्कार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *